Tuesday, April 10, 2012

0

वायुसेवा निगमको पुनर्संरचना

  • Tuesday, April 10, 2012
  • Risap Gautam
  • Share
  • रिसब गौतम

    तत्कालीन अवस्थामा शाही नेपाल वायुसेवा निगमका नामबाट १ जुलाई १९५८ देखि उडान सेवा सुरु गरेको नेपाल वायुसेवा निगम (नेवानि) यतिबेला सर्वाधिक संक्रमणबाट गुज्रिरहेको छ । राज्य स्वामित्वकोे एकमात्र ध्वजावाहक हवाई सेवाका रूपमा परिचित यो वायुसेवा कम्पनी यतिखेर विमान अभावमा डाइनोसरझैं लोपमार्गमा अघि बढिरहेको छ । विगतमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूसम्म उडान भरी राष्ट्रिय गौरव कायम गर्दै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा ठूलो योगदान पु¥याएको र पु¥याउन सक्ने सम्भावना बोकेको वायुसेवा निगमको जर्जर अवस्थाले धेरैमा चिन्ता जगाएको छ । नेपालको पर्यटन विकास र अन्तर्राष्ट्रिय हवाइ उडानमा समेत ठूलो योगदान पु¥याउन सक्ने नेवानिको पुनर्संरचनाबारे बारम्बार बहससमेत हुँदै नआएका होइनन् । विमान खरिदका विषयमा पटकपटक नेवानि चर्चामा आइरहेकै छ । नेवानि अरू धेरैजसो देशका वायुसेवाजस्तो स्वायत्त नभएकाले विश्वव्यापी प्रतिस्पर्धामा आइपर्ने चुनौतीहरूको सामना गर्न असक्षम हुँदै गएको छ । पञ्चायतकालदेखि नै अवरोध पर्न थालेको यसको स्वायत्तता प्रजातन्त्र पुनस्र्थापनापछि अत्यधिक राजनीतिक हस्तक्षेपले गर्दा धुजाधुजा भइसकेको छ । कमिसन र भ्रष्टाचारको गोलचक्करमा फस्दै आएका नेपालका धेरैजसो सार्वजनिक संस्थानहरूजस्तै नेवानि पनि यस्तै चक्रव्यूहमा फसेको छ । यो संस्था अरू धेरैजसो देशका वायुसेवाहरूजस्तो स्वायत्त नभएकाले विश्वव्यापी प्रतिस्पर्धामा आइपर्ने चुनौतीको सामना गर्न असक्षम हुँदै गएको छ । पञ्चायतकालदेखि नै अवरोध पर्न थालेको यसको स्वायत्तता प्रजातन्त्र पुनस्र्थापनापछि अत्यधिक राजनीतिक हस्तक्षेपले गर्दा धुजाधुजा भइसकेको छ ।
    पछिल्ला दिनमा विमान अभावका कारण अन्तर्राष्ट्रिय उडान प्रभावकारी हुन नसकेको भए पनि नेवानिले सन् १९८७/८८ देखि १९९२/९३ सम्मको आफ्नो प्रगतिकालमा जर्मनीको फ्य्रांकफर्टदेखि फ्रान्सको पेरिससम्म गन्तव्य बनाएको थियो । त्यतिबेला निगमसँग बोइन ७५७ दुईवटा, ७२७ दुईवटा, एभ्रो ३ वटा, ट्वीनअटर १० वटा, पिलाटस पोर्टर ३ वटा गरी जम्मा २० वटा विमान रहेको इतिहास थियो, तर हाल भने निगमसँग बोइङ ७५७ दुईवटा, ट्वीनअटर ७ वटा छन् । जसमध्ये ट्वीनअटर ४ वटा मात्र सञ्चालनमा रहेको अवस्था छ । अन्तर्राष्ट्रिय उडानतर्फ बोइङ ७५७ दुईवटा सञ्चालित रहेका छन् जसले गर्दा निगमले विगतमा अन्तर्राष्ट्रिय स्तरमा आर्जन गरेको साख जोगाउन सकेको अवस्था छैन । अझ विडम्बना त के छ भने नेवानिका सञ्चालनमा रहेका सबै विमान ३० वर्षभन्दा पुराना छन् । जसको उत्पादक कम्पनीले समेत त्यस्ता विमान उत्पादन गर्ने छाडेर आधुनिक विमानहरू उत्पादन गर्दै आएको छ । त्यसले गर्दा पनि यसका विमानहरू मर्मत सम्भार गर्न धेरै कठिनाई र महंगा पर्दै आएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) गरेको एक अध्ययनअनुसार ५/६ वर्षभित्र यी बोइङ जहाजहरू विस्थापित गर्नुपर्नेछ । कुनै एक विमान अपर्झट बिग्रँदा सम्पूर्ण उडान नै रद्द गर्नुपर्ने नियति निगमले भोग्दैछ । यसले राष्ट्रिय गौरवको यस संस्थानलाई निरन्तर घाटामा धकेलिरहेको छ । यस हिसाबले पनि नेवानिको भविष्य ज्यादै संकटग्रस्त बन्दै गएको स्पष्ट छ । यसको आमूल पुनर्संरचनाको खाँचो देखिन्छ । यदि बेलैमा सरकारी स्तरमा निगमको भविष्य निर्माणबारे नसोचिने हो भने नेपाली भूगोलमा नेवानिको अस्तित्व नरहन पनि सक्छ ।
    अन्तर्राष्ट्रिय जगत्मा कुनै पनि देशको राष्ट्रिय गौरव दर्साउने विमान सेवाको छुट्टै महŒव हुन्छ । अझ हाम्रोजस्तो देशका लागि पर्यटन विकासमा यसको महŒव अपरम्पार छ । निजी क्षेत्रमा सञ्चालित विमान कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरको उडानको जोखिम मोल्न नसकिरहेको अवस्थामा नेवानि त निर्विकल्प नै हो । किनकि नेपालमा आवतजावत गर्ने विदेशी पाहुनादेखि रोजगारीका सिलसिलामा बाहिरिएका युवा जमातसमेतको अथाह संख्याले अन्तर्राष्ट्रिय उडान सेवाबापत विदेशी विमान कम्पनीले नेपालबाट बर्सेनि करोडौं डलर लगिइरहेको अवस्था कायम छ । यसले पहिलो त अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर गुमेको छ भने दोस्रो स्वदेशी आर्जनसमेत ठूलो मात्रामा बाहिरिइरहेको छ । समग्रमा अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालले धेरै ठूलो घाटा बेहोरिरहेको स्थिति छ । उता नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावकारी र विस्तारित नहुँदा धेरै मुलुकबाट आउने पर्यटकले समेत ठूलो सास्ती खेप्नुपरेको गुनासो छ । यसले पर्यटन विकासलाई समेत धक्का पु¥याइरहेको छ ।
    स्वदेशमा समेत निगमले नियमित र भरपर्दो सेवा पु¥याउन सकिरहेको छैन । विभिन्न २९ स्थानमा उडान भरिरहे पनि भरपर्दो नभएको गुनासो चौतर्फी छ । त्यसमा पनि सरकारले उदार आकाश नीति अवलम्बन गरेपछि बढेको निजी हवाईसेवाप्रदायक कम्पनीहरूसँगको बढ्दो प्रतिस्पर्धाले समेत निगमलाई घाटा पु¥याइरहेको देखिन्छ । निगमको भविष्यमा देखिएका यी यावत अप्ठ्यारालाई चिर्दै सिंगो मुलुकको फाइदाको हकमा संस्थालाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । नेवानि नेपालको एउटा राम्रो र उज्ज्वल भविष्य भएको संस्था हो । यसमा सक्षम जनशक्तिको ठूलो समूह छ, तर राजनीतिक हस्तक्षेप र अस्थिर व्यवस्थापनका कारण यसलाई ठूलो धक्का पुगेको छ । निगमका जहाजमा मुसा छिरेका, पाटपुर्जा चोरी भएकोदेखि लिएर निगम व्यवस्थापन कमजोर भएको भन्दै ३० वर्षभन्दा बढी सो संस्थामा कार्यरत चार पाइलटले गत साता राजीनामा दिनुपरेको नियति हाम्रासामु छ । अनुभवी र सक्षम पाइलट नेवानि छाडी भारतको निजी हवाई सेवा प्रदायक संस्था ‘ब्लु डार्ट एभिएसन’मा गएबाट त झन संस्थाको भविष्यमा कालो बादल मडारिएको आभास हुन्छ ।
    साँच्चै भन्ने हो भने यतिखेर नेवानिको आमूल पुनर्संरचना आवश्यक छ । विमान अभावमा नियमित उडानसमेत रद्द हुँदै आएको निगममा आवश्यक विमान खरिद नभए निश्चित रूपमा यस संस्थाको अस्तित्व नरहन पनि सक्छ । तसर्थ, निगमको गौरवशाली इतिहास रक्षाका लागि सरकारले विशेष ध्यान दिन जरुरत छ । यसको रक्षार्थ निगम सुधार एवं सुदृढीकरणसम्बन्धी कार्यदल ०६२ ले सिफारिस गरेको प्रतिवेदनबमोजिम निगमलाई सार्वजनिक निजी साझेदारीको ढाँचामा रूपान्तरण गर्न आवश्यक हुन्छ । निजीकरणसम्बन्धी विगतका अनुभव र नेवानिको राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै यसलाई कुनै पनि हालतमा जनताको सुविधासँग जोडन जरुरी छ । नेपालका निजी क्षेत्रका धेरै विमान कम्पनीहरू जनताको हितभन्दा नाफामा आधारित भइरहेका छन् । तर, नेपालको भौगोलिक अवस्थिति र बाटोघाटोलगायतको अत्यावश्यकीय पूर्वाधार अभावको संरचनाले पनि निगमको आवश्यकतालाई जोड दिन्छ । नेपालका धेरैजसो विकट पहाडी भेगहरूमा मोटरबाटोको अभाव कायमै छ । साथै त्यस्ता भेगमा बस्ने अधिकांश जनता रोग, भोक, अशिक्षा र गरिबीबाट अद्यापि प्रताडित छन् । निजी हवाई सेवाप्रदायक कम्पनीहरूले तिनको आवश्यकतालाई उपेक्षामात्रै गरिरहेका देखिन्छन् । यस्तो अवस्थामा सरकारी विमान सेवालाई नामेट पारिने हो भने ती नीरस जनताको आवश्यकता र सुविधा लुटिन पुग्छ । नेवानिले विगतदेखि नै नेपालका दुर्गम भेगहरूमा घाटा बेहोरेरै भए पनि सेवा पु¥याउँदै आएको इतिहास छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पूर्ण रूपमा धराशायी हुनबाट जोगाउने हो यसको पुनर्संरचना अत्यावश्यक छ, जसको एक विकल्प निजीकरण पनि हो ।

    0 Responses to “वायुसेवा निगमको पुनर्संरचना”

    Post a Comment

    Site Info