Wednesday, October 6, 2010

0

देशको निकास र नयाँ पुस्ताको भविष्य

  • Wednesday, October 6, 2010
  • Risap Gautam



  • (रिसव गौतम), शान्तिसम्झौता भएदेखि नै दलहरु लगातार देशलाई निकास दिने खालको सहमतिको खोजीमा लागिपरिरहेकै छन्।

    तर विडम्बना अझै देशले स्पष्ट दिशा पहिल्याउन सकेको छैन। बरु दलीय खिचातानीको स्वरुप झनै बढी उदांग बन्दै गएको छ। राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिक विचलनको बाटोमा देश निदराम हिँडिरहेको मात्र छ। समग्रमा देशको हालत बेहाल छ। तर देशले निकास कहिले पाउने कुनै ठेगान भने छैन।
    लगातार गरिँदै आएको सहमतीय प्रयास र नवौं पटकसम्म चलेको प्रधानमन्त्रीय निर्वाचनले समेत जनतामा आशातित निकासको संकेत साचार गर्न सकेन। जसले आमजनतामा झनै निराशाहरु पलाएको छ। देशमा दिनदिनै विकसित तमाम गतिविधि तथा घटनाक्रमलाई एकमुष्ट एवम् उचित मूल्याड्ढकन गर्ने हो भने र मुलुकको आर्थिक हैसियत झल्काउने यूएनडीपी अन्तर्राष्ट्रिय मुद्राकोष एडीबीलगायतका संघसंस्थाहरुले प्रक्षेपण गरेका पछिल्ला तथ्याड्ढहरुलाई आधार मान्ने हो भने अब साँच्चै देश असफल राष्ट्र साबित भएकै ठहर्छ।

    वास्तवमा देश नीति तथा सिद्धान्तहरुबीचको पैठेजोरीबाट अन्योलताहरुमा फस्दै गएकॊ नभई दलीय एवम् ठूला नेताहरुको अधिकतम स्वार्थपरक महŒवाकांक्षाका कारण चरम संकटबाट गुज्रिरहेको पनि स्पष्टै छ। पछिल्लो दिनमा भएका राजनीतिक शक्ति सन्तुलन र तीव्र राजनीतिक ध्रुवीकरण त्यसका सजिव उदाहरण हुन्। दल विशेष र व्यक्ति विशेषको राजनीतिक स्वार्थका कारण मुलुकले यस खालको दुर्नियत भोग्दासमेत जनमानसमा भने अझै केही आशाहरु जीवितै छन्। तर अझै पनि राजनीतिक दलहरु जनसपना र देशको दायित्वप्रति उदासीन रहनु ठोस राजनीतिक सहमति गर्न नसक्नु एउटा अति नै डरलाग्दो पक्ष हो। एकातिर जनता नेताहरुले यो देशका निम्ति केही गर्नेछन् भन्ने आशाका साथ दृढ भई बस्ने तर अर्कोतिर देशको पूरै बागडोर सम्हाल्ने समर्थन पाएका उनै नेताहरुकै अराजनीतिका कारण जताततै अस्तव्यस्तता र विग्रहहरुको तुसारापात हुँदै जानु साहै्र नै दयनीय छ। तसर्थ दलहरुले आफ्ना नीति घोषणापत्र र सिद्धान्तअनुरुप आफूहरु हिँडे/नहिँडेको एक पटक आत्मसमीक्षा अब गर्नै पर्छ यदि तिनले देश र दुनियाँ बदल्ने कसम खाएर राजनीतिमा होमिएका हुन् भने।

    सामान्यतया राजनीतिमा लाग्नु भनेको देश र दुनियाँलाई बदलिँदो समयसापेक्षताअनुरुप बदल्नु नै हो। अधिकतम जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गरी सामाजिक न्याय र सेवा सबलीकरण गर्नु नै हो। राजनीतिमा लागेर जनताका यी अभिभारा पूरा गर्न नसक्नु नचाहनु वा बेमतलबी हुनु भनेको उद्देश्यप्रति बफादार नहुनु वा राजनीति नै नबुझ्नुजस्तै हो। अहिले वास्तवमा नेपालमा त्यस्तै भएको छ। कतिपयले राजनीतिलाई ठीक ढंगले बुभुन नसकेको स्थिति छ भने कतिपयले बुझेरै पनि त्यसलाई आफू अनुकूल आफ्नो स्वार्थ अनुकूल अगाडि बढाइरहेको परिदृश्य हामीमाझ विक्षिप्त छ।

    आज तिनै राजनीतिक उदेश्य बोकेका तर राजनीति के हो नबुझेका कतिपय नेता-कार्यकर्ता र बुझेरै पनि आफ्नै अनुकूल त्यसलाई अघि बढाउन चाहनेहरुले गर्दा नै यथार्थतामा नेपालले यो दुर्गति भोग्दै छ। यो भनेको साँघुरो चेतना संस्कृति र संस्कारले हुर्काएको उपज हो। भूमण्डलीकृत विश्व समुदाय जीवन दर्शन र विज्ञान नबुझ्नुका कारणले हो। शायद नयाँ युवा पुस्तामा राजनीतिप्रति उतिसारो उदात्त प्रेमाभाव नबस्नु र राजनीतिलाई आफ्नो कर्म बनाएकाहरुसमेत उतिसारो संकुचित एवम् हठी नहुनु २१ औं शताब्दीको आधुनिक चेतनाको प्रभावले नै होला। त्यसैले अबको नयाँ पुस्ता राजनीतिमा लाग्दा देश र दुनियाँ बदल्ने सामाजिक उद्देश्यका साथ मात्र लाग्दै छन्। अन्यथा नयाँ युवा पुस्ता अन्यत्र कतै रमाइरहेको र रहन चाहने उन्नत उदाहरण हामीसामु नै विछरल्ल भएकै छन्। आफ्नो चासो र इच्छामुताबिक नभई राजनीतिमा लागे ठूलो मान्छे होइन्छ भन्ने उक्तिकै आधारमा जबर्जस्ती राजनीतिमा लागेर आफ्नो त्याग तपस्या र वीरताको ब्याज खोज्ने पुराना पुस्ताका लागि यो भने युवा पुस्ताको दरिलो व्यङ्ग्य नै हो। किनकि अहिलेको विकृत राजनीतिले युवा पुस्ताको भविष्यमा डढेलो लाग्दै गएकोप्रति स्वयम् युवा पुस्ता मात्र साक्षर देखिन्छन्। अग्रज पुस्तामा त्यसप्रति कुनै चासो चिन्ता र सरोकार पटक्कै देखिँदैन। तसर्थ वर्तमान राजनीतिक अन्योलता एवम् अनिश्चितताको जड भनेको राजनीतिमा नैतिकता हराउनु र विशेषतः राजनीतिलाई नै ठीक ढंगले नबुझनु बुझेकाले पनि बुझपचाउनुले नै हो। त्यसैले दलहरुले आफ्ना साचालित गतिविधिहरुबारे ठोस आत्मसमीक्षा गर्दै नैतिकताको राजनीतिलाई अघि बढाउनु र देशलाई अन्योलताहरुबीचबाट चिर्दै निकासको नयाँ बाटोमा यथाशीघ्र अघि बढाउनुको विकल्प नै छैन दलहरुले छिट्टै निकास पहिल्याउन। अन्यथा पुराना पुस्ताले त दुःख पाए-पाए नयाँ पुस्ताको पनि भविष्य अन्धकारमय हुनेछ।
    Read more...

    Site Info