Sunday, January 2, 2011

0

गोलचक्करमा जेलिएको जनसपना

  • Sunday, January 2, 2011
  • Risap Gautam
  • रिसव गौतम
    जतिबेला जनआन्दोलनका उभारहरु गाउँ शहरका सडकपेटी र गल्लीगल्लीबाट प्रदर्शित हुदैथिए, त्यस बखत जनतामा आशा, अभिलाषा र सपनाहरुले सगरमाथाझै उचाइ भर्दै थियो।


    चाहे त्यो ०७ साल, ०३६ साल, ०४६ साल वा ०६२/०६३ का आन्दोलनहरुमै किन नहून् जनतामा अनगिन्ती आशाहरु थिए, देशमा साँच्चै परिवर्तनको मुख देखिन्छ भन्ने। तर ती ६० वर्षो इतिहास मूल्यांकन गर्दा ती दशौं हजार शहीद जन्माउने आन्दोलनहरु उपलब्धिहीनताको कसीमा फगत साबित भएका छन्। बितेका दिनहरुका तुलनामै पनि जनतामा अत्यधिक निराशा, संकट पैदा हुँदै जानु र जनजीवन कष्टकर वनदै जानुले आन्दोलनका उपलब्धि र औचित्यमाथि प्रश्न सहजै उठ्छ।

    आखिर कसरी ती आन्दोलन र उपलब्धिहरुका सारत्व हरण हुँदै छन् त - अहिलेको राजनीतिक जटिलता बुझ्न र निकासको सही मार्ग पहिल्याउन त्यसबारे थोरबहुत अध्ययन गर्नु आवश्यक देखिन्छ।

    ०७ सालको राणा शासनसविरुद्धको आन्दोलनले राजतन्त्र पुनक्रिर्याशील गर्यो। त्यसले जनतालाई खासै अधिकार सम्पन्न र समुन्नतिको दिशामा अघि बढाएन। त्यसै गरी ०३६, ०४६ र ०६२/०६३ का जनआन्दोलनहरुले क्रमशः बहुदल र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म जनतालाई ल्याइपुर्यायो। तर पनि जनताका अन्त्यहीन संकट, निराशा र बहुआयामिक समस्या निराकरण हुन सकेनन्। बरु उल्टै अनेकन् समस्या थपिँदै गएको परिदृश्य हामीमाझ छ। उन्नति र प्रगतिका कुराहरु त परैको विषय वनदै गइरहेका छन्। तर्सथ जोडदार रुपले भन्नै पर्ने हुन्छ- मुलुकको अधोगतिको प्रमुख बाधक शक्ति यथास्थीतिवादी चिन्तन भएका दलहरु र ती दलका दशतिर मुख फर्केका नेताहरु नै हुन्।

    त्यसमा कुनै दुइ मत नहोला। बरु ती दल र नेताहरुले विगतका वर्षरुदेखि नै शान्तिका नाम जप्दै त आएका छन् तर शान्तिकै नाममा लुकीछुपी परिर्वतनको उद्वेगलाई रोक्न पनि अभ्यस्त छन्।
    धेरै त हैन शान्ति र मानवअधिकारका बढ्ता व्याख्याकार ती दल एवम् नेतोहरु राजतन्त्र अन्त्य भइसकेपछि र संविधानसभा निर्वाचनमा आफनो दलीय आकार सानो भइसकेपछि पनि आफनै हातमा राज्य सञ्चालनको साँचो आइपरोस् भन्नेमा छन्।

    त्यसै चाहनाका फलस्वरुप तिनीहरु माओवादीका उटा•ेका केही गतिविधिलगायतका विविध प्रसंगहरु जोडजाड पारेर प्रजातन्त्र र लोकतन्त्रको नाममा तिनै व्यवस्थाको खिल्ली उडाउँदै सत्ता गठजोडमा जोडदार लागिपरेका छन्। उनीहरुलाई माओवादी अब फेरि जंगल जाँदैनन्, शान्तिपर्ूण्ा राजनीतिको मूलधारमा आइसकेका छन् भन्ने कुरा १२बुँदे सहमतिदेखि अहिलेसम्मको राजनीतिक यात्रासम्म आइपुग्दा थाहा पाइसकेका छन्।

    हुन त अहिले पनि माओवादी दलका केही कार्यकर्ताहरुले घटाएका चन्दा आतंक, कुटपिट र हिंसाका छिटपुट घटना र केही नेताहरुकै गैरजिम्मेवार अभिव्यtmिले केही आशंका जीवितै तुल्याएका पनि छन्। तर वास्तवमा माओवादी दलले सेना समायोजन गर्न देखाएका तत्परता र देशको अर्थनीतिदेखि भाबी संविधानमा लिपिबद्ध गरिन लागेका थुप्रै मूलभूत प्रस्तावनाहरुमा सकारात्मक निर्णयगर्नुले उसलाई बढ्ता शंका गर्नु आवश्यक छैन। उसले संघीयताका सवालमा पनि विगतमा जातीय एवम् क्षेत्रीय प्रान्त निर्माणको निर्णयाई गल्ती भनी दलहरुसँग त्यसबारे आवश्यक छलफल र सहकार्य गर्ने तत्पर छौं समेत पटक-पटक भन्दै आएको छ।

    यस हिसाबले मुख्यतया कांगे्रसले माओवादीको छिटपुट गल्ती कमजोरीलाई निहुँ वनाएर सारा जनताको परिर्वतनप्रतिको चाहनालाई वनदेज वनाउँदै लगेको यथार्थ सरकार निर्माण, सेना समायोजनलगायतका र्सर्न्दभमा थापेका अड््कोले र्छल• पार्छ। कांगे्रसले त्यस किसिमका अड्को थापेर देश र दुनियाँलाई वनदी वनाउनु भनेको उसको राजनीतिक भविष्य अस्ताउन लागेको ठान्ने कमजोर मानसिकता र पुरातनवादी चिन्तनकै उपज हो। आफनो क्षमता र लोकप्रियता देखी डराएको संकेत पनि हो।

    माओवादी दल भनेका व्रि्रोहको माध्यमबाट रुपान्तरित हँुदै, सच्ंिचदै आएको एक अलि बढी क्रान्तिकारी दल हो। उसको त्यही क्रान्तिकारीपना अथवा भनौं जुझारुपना भएकै नाताले जनताले संविधानसभा निर्वाचनमा जुनसुकै पृष्ठभूमिबाट आए तापनि उसले केही गर्ला भनेरै जिताएका हुन्। ऊ अझै पनि सच्चिने र जिम्मेवार वनने क्रममै छ। गएको महिनामा गोर्खाको पालुङटारमा सम्पन्न विस्तारित बैठकमै पनि उसले शान्ति र संविधान नवनने स्थिति आएमा मात्र जनव्रि्रोह गर्ने भनेको छ।

    यस हिसाबले ऊ धेरै हदसम्म सच्ंिचदै र जिम्मेवार वनदै आएको छ। तर विशेष गरी कांगे्रस र आंशिक रुपमा एमालेलगायतका केही पुराना राजनीतिक दलहरु माओवादीलाई सत्तामा ल्याउनै हुँदैन, ऊसँग सहमति, सहकार्य गरेर अगाडि बढ्नै हँदैन भन्ने जस्ता यथास्थितिवादी विचार र व्यवहारले गर्दा उदयमान एसियाको अति कमजोर मुलुकमा नेपालको चिनारी बढ्दै छ। तर्सथ दलहरुबीच यस संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक छ।

    परिवर्तन र अग्रगमनलाई सहर्षस्वीकार्दा मात्र वर्तमान गोलचक्करबाट राज्यले छुटकारा पाउन सक्छ। जनतालाई शासन गर्ने दलहरुले कुनै पनि बहानामा जनसपना हरण गर्न मिल्दै मिल्दैन। सबैले तितो सत्यलाई पचाउने साहस गरे मात्र परिवर्तनको गाडी अगाडि बढ्नेछ।
    Read more...

    Site Info