Sunday, December 11, 2011

0

थेसिसको व्यापार

  • Sunday, December 11, 2011
  • Risap Gautam
  • Share
  • दृष्टिकोण»


    रिसब गौतम
    प्रतिष्ठा बटुलेको त्रिभुवन विश्वविद्यालय हाल विकृतिको दलदलमा फस्दै गएको छ । त्यसको धेरै कारणमध्ये प्रमुख हो, मौलाउँदो थेसिसको बिक्री । केहि वर्षदेखि त्रिविमा झाँगिँदै गएको थेसिस बेच्ने प्रचलनले शिक्षाको गुणस्तरमाथि मात्रै प्रश्न उठेको छैन, त्रिविको साख नै गिर्दै गएको छ तर त्रिवि भने यस विषयमा किन मौन देख्न्िछ ? आखिर किन बढ्दै छ थेसिस बिक्री ? मीनभवन कलेजका थेसिसका विद्यार्थी श्यामकाजी खत्री भन्छ्न 'शिक्षकहरूको भित्री सहयोगले नै यो प्रथा मौलाएको छ । अर्को थेसिस राम्रो लेखेबापत विदेशमा जस्तो पुरस्कार वा जागिरको व्यवस्था नहुने र लेखेको वा किनेर ल्याएकामा पनि उस्तै मूल्यांकन हुने गरेकाले पनि यस्तो हुँदै छ ।'

    उनका अनुसार त्यस्ता खरिद बिक्रीमा आधारित थेसिसहरू एउटा क्याम्पसका लागि अर्को क्याम्पसबाट अघिल्लो वर्ष बुझाइएका थेसिस हुबहुजस्तो ल्याइनेे गरिएका पाइन्छन् । तर मीनभवन कलेजकै अनुसन्धान विभाग प्रमुख प्रा. सुशीलभक्त माथेमा यस विकृतिमा विद्यार्थीकै बढी दोष रहेको ठहर्‍याउँछन् । तर हरेक वर्ष स्नाकोत्तर अतिन्म वर्षको परीक्षा सकिनासाथ यो व्यापार चम्कने गरेकामा दुविधा छैन । यही व्यापारको सहायतामा रातारात धनी हुने ल्ाालसामा लागेकाहरू पनि धेरै छन् । विश्ोषगरी यस्ता व्यापारकोे मध्यस्थता धेरैजस्तो कलेज वरपर खुलेका पुस्तक पसलहरूले गर्ने गर्छन् ।

    समाज विकासका क्रममा शिक्षाको ठूलो महत्त्व हुन्छ । सभ्य र सुसंस्कृत समाज निर्माणमा गुणस्तरीय शिक्षा र अनुशासनको ठूलो भूमिका हुन्छ । तर शिक्षा क्षेत्रसम्म देखिएका यस्ता विकृतिले भने समाजको उल्टो हिँडाइलाई चरितार्थ गरिरहेको छ । राजनीति बिगि्रएकाले पो प्राज्ञिक क्षेत्रमा यस्तो हुँदै ग्ाएको हो कि ? शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन् 'राजनीतिले संरक्षण गरेकैले यो विकृति मालाउँदै गएको हो ।' भन्छन्, 'मास्टरजति पैसा कमाउन लागेकाले प्राज्ञिक अनियमितता फैलिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमै बेइज्जत गरेको छ ।' तर त्रिविले चाहेमा नियन्त्रण गर्न सकिने उनको भनाइ छ । भन्छन्, 'यदि कलेजले हरेक विद्यार्थीको थोरबहुत ब्याग्राउन्ड बुझेर नयाँनयाँ विषयमा थेसिस लेख्न लगाउने हो भने विद्यार्थीले कसै गरेर लेखेरै ल्याउनेछन् ।'

    यसमा अझ चिन्तित प्रा. दयानन्द बज्राचार्य भने सबैभन्दा बढी लापरबाही प्राध्यापकहरूकै भएको ठान्छन् । 'यस विषयमा यति धेरै चर्चा हुदाँसम्म त्रिविले आँखा चिम्लिएर बस्नुलाई के भन्ने ?' उनको प्रश्न छ । त्रिविले यस्तो विकृति नियन्त्रण गर्नु गम्भीर प्रशासनिक दायित्व हो भन्छन् उनी । तर राजनीतिको यसमा कुनै साइनो नरहेको उनको ठम्याइ छ । भन्छन्, 'यो बिल्कुल शैक्षिक विकृति हो । ज्ञानको मतलब र मूल्यांकन नभएर यो कलंकका रूपमा विकास भइरहेछ ।' उनी यसलाई नियन्त्रण गर्न भ्रष्ट शिक्षकहरूलाई कडा कारबाहीको दायरामा ल्याउनैपर्ने बताउँछन् । त्यसका लागि सहकर्मी र असल शिक्षक साथीहरूले खराब कार्यमा मुछिएकाहरूलाई 'एक्पोज' गरेर दण्डित गर्न मद्दत गर्नुपर्ने बताउँछन् ।

    थेसिस लेख्न विद्यार्थीलाई खास विषयमा गहिरो अध्ययन गर्न लगाउनु र अनुसन्धानका आधारभूत विधि सिकाउनु

    हो । यसले विद्यार्थीमा सिर्जनात्मक गुणको विकास गर्नुका साथै समाजमा नयाँ विषयहरूको खोज गर्नसमेत मद्दत पुर्‍याउँछ साथै विद्यार्थीहरू पछि जुनसुकै प्रकारको पेसामा लागे पनि आफनो कामसँग सम्बन्धित विषयवस्तुको गहिरो अध्ययन गर्न सक्षम हुन्छन् । त्यसैले थेसिसको बहुआयामिक महत्त्व हुन्छ । विदेशका सन्दर्भमा विद्यार्थीहरूले शोधकार्य गर्दा कहीँकतै चोरी भएको ठहर भएमा युनिर्भसिटीबाटै बर्खास्त गर्ने प्रचलन रहे पनि नेपालमा भने प्राध्यापकबाटै उल्टै अनियमितता व्याप्त रहँदासमेत सम्बन्धित निकाय मौन देखिन्छन् । थेसिस लेखनप्रति विद्यार्थीको जति जिम्मेवारी हुन्छ प्राध्यापकको पनि उत्तिकै दायित्व हुनुपर्छ । तर पछिल्लो समय प्राध्यापकहरू गैरजिम्ोवार हुँदै जाँदा समस्या खडा

    भएको छ । यसले मिहिनेत गरेर पढ्ने र पढेरै केही गर्न चाहने भावी

    युवापुस्तामा धेरै ठूलो असर पर्ने स्पष्ट छ । अझ थेसिस बिक्री हुने समाचार विदेशमा इन्टरनेटका माध्यमबाट फैलँदै गए

    नेपाली विद्यार्थीको अन्तर्राष्ट्रियस्तरमा हैसियत कति नकारात्मक होला अन्दाज गर्न गाह्रो छ । तर पनि त्रिविजस्तो जिम्मेवार संस्थाले किन बेलैमा सचेतता अपनाउन सक्दैन ?

    प्रकाशित मिति: २०६८ मंसिर २५ ०९:४४ published in kantipur daineek...

    0 Responses to “थेसिसको व्यापार”

    Post a Comment

    Site Info