Wednesday, October 6, 2010
देशको निकास र नयाँ पुस्ताको भविष्य

(रिसव गौतम), शान्तिसम्झौता भएदेखि नै दलहरु लगातार देशलाई निकास दिने खालको सहमतिको खोजीमा लागिपरिरहेकै छन्।
तर विडम्बना अझै देशले स्पष्ट दिशा पहिल्याउन सकेको छैन। बरु दलीय खिचातानीको स्वरुप झनै बढी उदांग बन्दै गएको छ। राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिक विचलनको बाटोमा देश निदराम हिँडिरहेको मात्र छ। समग्रमा देशको हालत बेहाल छ। तर देशले निकास कहिले पाउने कुनै ठेगान भने छैन।
लगातार गरिँदै आएको सहमतीय प्रयास र नवौं पटकसम्म चलेको प्रधानमन्त्रीय निर्वाचनले समेत जनतामा आशातित निकासको संकेत साचार गर्न सकेन। जसले आमजनतामा झनै निराशाहरु पलाएको छ। देशमा दिनदिनै विकसित तमाम गतिविधि तथा घटनाक्रमलाई एकमुष्ट एवम् उचित मूल्याड्ढकन गर्ने हो भने र मुलुकको आर्थिक हैसियत झल्काउने यूएनडीपी अन्तर्राष्ट्रिय मुद्राकोष एडीबीलगायतका संघसंस्थाहरुले प्रक्षेपण गरेका पछिल्ला तथ्याड्ढहरुलाई आधार मान्ने हो भने अब साँच्चै देश असफल राष्ट्र साबित भएकै ठहर्छ।
वास्तवमा देश नीति तथा सिद्धान्तहरुबीचको पैठेजोरीबाट अन्योलताहरुमा फस्दै गएकॊ नभई दलीय एवम् ठूला नेताहरुको अधिकतम स्वार्थपरक महŒवाकांक्षाका कारण चरम संकटबाट गुज्रिरहेको पनि स्पष्टै छ। पछिल्लो दिनमा भएका राजनीतिक शक्ति सन्तुलन र तीव्र राजनीतिक ध्रुवीकरण त्यसका सजिव उदाहरण हुन्। दल विशेष र व्यक्ति विशेषको राजनीतिक स्वार्थका कारण मुलुकले यस खालको दुर्नियत भोग्दासमेत जनमानसमा भने अझै केही आशाहरु जीवितै छन्। तर अझै पनि राजनीतिक दलहरु जनसपना र देशको दायित्वप्रति उदासीन रहनु ठोस राजनीतिक सहमति गर्न नसक्नु एउटा अति नै डरलाग्दो पक्ष हो। एकातिर जनता नेताहरुले यो देशका निम्ति केही गर्नेछन् भन्ने आशाका साथ दृढ भई बस्ने तर अर्कोतिर देशको पूरै बागडोर सम्हाल्ने समर्थन पाएका उनै नेताहरुकै अराजनीतिका कारण जताततै अस्तव्यस्तता र विग्रहहरुको तुसारापात हुँदै जानु साहै्र नै दयनीय छ। तसर्थ दलहरुले आफ्ना नीति घोषणापत्र र सिद्धान्तअनुरुप आफूहरु हिँडे/नहिँडेको एक पटक आत्मसमीक्षा अब गर्नै पर्छ यदि तिनले देश र दुनियाँ बदल्ने कसम खाएर राजनीतिमा होमिएका हुन् भने।
सामान्यतया राजनीतिमा लाग्नु भनेको देश र दुनियाँलाई बदलिँदो समयसापेक्षताअनुरुप बदल्नु नै हो। अधिकतम जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गरी सामाजिक न्याय र सेवा सबलीकरण गर्नु नै हो। राजनीतिमा लागेर जनताका यी अभिभारा पूरा गर्न नसक्नु नचाहनु वा बेमतलबी हुनु भनेको उद्देश्यप्रति बफादार नहुनु वा राजनीति नै नबुझ्नुजस्तै हो। अहिले वास्तवमा नेपालमा त्यस्तै भएको छ। कतिपयले राजनीतिलाई ठीक ढंगले बुभुन नसकेको स्थिति छ भने कतिपयले बुझेरै पनि त्यसलाई आफू अनुकूल आफ्नो स्वार्थ अनुकूल अगाडि बढाइरहेको परिदृश्य हामीमाझ विक्षिप्त छ।
आज तिनै राजनीतिक उदेश्य बोकेका तर राजनीति के हो नबुझेका कतिपय नेता-कार्यकर्ता र बुझेरै पनि आफ्नै अनुकूल त्यसलाई अघि बढाउन चाहनेहरुले गर्दा नै यथार्थतामा नेपालले यो दुर्गति भोग्दै छ। यो भनेको साँघुरो चेतना संस्कृति र संस्कारले हुर्काएको उपज हो। भूमण्डलीकृत विश्व समुदाय जीवन दर्शन र विज्ञान नबुझ्नुका कारणले हो। शायद नयाँ युवा पुस्तामा राजनीतिप्रति उतिसारो उदात्त प्रेमाभाव नबस्नु र राजनीतिलाई आफ्नो कर्म बनाएकाहरुसमेत उतिसारो संकुचित एवम् हठी नहुनु २१ औं शताब्दीको आधुनिक चेतनाको प्रभावले नै होला। त्यसैले अबको नयाँ पुस्ता राजनीतिमा लाग्दा देश र दुनियाँ बदल्ने सामाजिक उद्देश्यका साथ मात्र लाग्दै छन्। अन्यथा नयाँ युवा पुस्ता अन्यत्र कतै रमाइरहेको र रहन चाहने उन्नत उदाहरण हामीसामु नै विछरल्ल भएकै छन्। आफ्नो चासो र इच्छामुताबिक नभई राजनीतिमा लागे ठूलो मान्छे होइन्छ भन्ने उक्तिकै आधारमा जबर्जस्ती राजनीतिमा लागेर आफ्नो त्याग तपस्या र वीरताको ब्याज खोज्ने पुराना पुस्ताका लागि यो भने युवा पुस्ताको दरिलो व्यङ्ग्य नै हो। किनकि अहिलेको विकृत राजनीतिले युवा पुस्ताको भविष्यमा डढेलो लाग्दै गएकोप्रति स्वयम् युवा पुस्ता मात्र साक्षर देखिन्छन्। अग्रज पुस्तामा त्यसप्रति कुनै चासो चिन्ता र सरोकार पटक्कै देखिँदैन। तसर्थ वर्तमान राजनीतिक अन्योलता एवम् अनिश्चितताको जड भनेको राजनीतिमा नैतिकता हराउनु र विशेषतः राजनीतिलाई नै ठीक ढंगले नबुझनु बुझेकाले पनि बुझपचाउनुले नै हो। त्यसैले दलहरुले आफ्ना साचालित गतिविधिहरुबारे ठोस आत्मसमीक्षा गर्दै नैतिकताको राजनीतिलाई अघि बढाउनु र देशलाई अन्योलताहरुबीचबाट चिर्दै निकासको नयाँ बाटोमा यथाशीघ्र अघि बढाउनुको विकल्प नै छैन दलहरुले छिट्टै निकास पहिल्याउन। अन्यथा पुराना पुस्ताले त दुःख पाए-पाए नयाँ पुस्ताको पनि भविष्य अन्धकारमय हुनेछ।
Monday, March 29, 2010
बिकासको आधार ग्ारिवमुखी अर्थनीित
सन् १९५०को दशकबाटै औपचारिक रुपमा बिकास कार्यक्रमको थालनी गरेको नेपालले प्रथम आवधिक योजना देखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरिबी निवारणलाइ नै बिकासको उदेश्यको रुपमा अपनाउदै आएको छ । सातौ पाचबर्षिय योजना देखि अझ बढी गरिवी निवारण सम्बधि दिर्घकालिन योजना तयार पारेको तथा आठौ नवौ दशौ तथा एघारौ भनिएको ३ बर्षिय अन्तरिम योजनाले समेत गरिबी निवारणलाइ एकसुत्रीय बिकास उदेश्यको रुपमा अपनाउदै आएको छ । तर गरिवी निवारणको नाममा तयार पारिएका ति योजनाहरु ब्ााट न्युनतम प्रतिफल समेत हासिल नभएको बिगतको इतिहास छ । चरम गरिवीकै कारण नेपाल अहिले राजनितिक आर्थिक एबं साँस्कृतिक बिकृति र संकटमा गुजि्ररहेको छ । तथापी नेपाल यतिबेला पुरानो राज्य संरचना भत्काउने र संघीयतामा आधारित बिकासमुखि लोकतान्त्रिक अभ्यासबाट अघि बढने प्रकृयामा छ । बिगतमा राज्यको मुलप्रबाहबाट पिछडीएका सिमान्तकृत अल्पसङ्कख्यकहरु समेतलाइ प्रभाबकारी हुनेगरी संबिधान बन्दैछ । यसै सन्र्दभमा नेपालमा मुलरुपले लागु गरिनुपर्ने निति भनेकै गरिबमुखी अर्थनिति हो । धनि र गरिब बिच रहेको ब्यापक खाडल नपुरिदाँसम्म नेपालको अर्थतन्त्र माथि उठन नसक्ने स्पष्ट छ । हालसम्म धनि र गरिव बिच रहिआएको दुरसम्बन्धले धनी धनी हुदै जाने र गरिब झन बढि गरिव हुदै जाने अबस्था कायम छ तर गरिब धनी हुदै जाने र धनी र गरिव बिचको खाडल पुरिएर समान हुने निती राज्यले अवलम्बन गरेको छैन । जस्ले गर्दा सरकारी तवरबाटै भष्टाचारको साँङ्गला झागिदै गएको देखिन्छ । त्यसकै फलस्वरुप नेपाल अहिले भष्टाचारमा पाकिस्तान र बगंलादेशलाइ समेत पछाडी पार्दै १२१ औ स्थानबाट १४३ औ स्थानमा पुगिसकेको छ । अहिले अरबौ रुपैया बराबरको ब्यापार घाटा हुनु टट्कारो बेरोजगारी समस्या देखापर्नु राजनितिक बृतमा पद प्रतिष्ठाका निम्ति खिचातानी बढनु कानुनको उपहास हुनु तथा िहंसात्मक कृयाकलाप बेजोड सँग मौलाँउनुको कारण गरिवी नै हो । प्रगतिशिल आर्थिक नीतीको अभाब र गरिवीका कारण लाखौलाख दक्ष युवाशक्ति बिदेशी भुमीमा न्युन रकममा नै बाह्य देश बिकासमा अमुल्य श्रम खर्चन बाध्य छन । त्यही नै अहिलेको भत्काउने र नयाँ बनाउने श्रीङ्घखला चल्दै गर्दा बहसमा ल्याइनुपर्ने बिषय हो । देशको आर्थिक निति श्रमजीबी जनताको पक्षमा धनि र गरिवबिचको खाडल नपुरिन्जेल नहुने हो भने प्रका्ररन्तरले जुनै खाले राज्य ब्यबस्था अवलम्बन गरेपनि समस्या सामाधान हुने छैन ।
एघारौ आवधिक योजनासम्म आफनो प्रभाबकारीता स्थापित गर्न नसकी रहँदा १२ औ आवधिक योजनाको रुपमा तेश्रो त्रिबर्षिय योजनाको निर्माण गरिदै छ । त्यसमा पनि गरिबी निवारणलाइ नै मुख्य उदेश्य बनाइदै छ । तर त्यसले केही माखो नर्माने बिगतको कार्यले दर्शाइ सकेको छ । तस्रथ राज्यले गरिबमुखी आर्थिक नीति अवलम्बन गर्नु जरुरी छ । यदि बहुसंख्यि गरिव श्रमजीबि जनताको जिबन स्तर उकास्ने हो भने । नेपालमा गरिवहरुको स्थीति बुझन औषधि उपचार नै गर्न नसकी सामुहिक आत्महत्या गरेका र सझाडापखाला जस्तो सामान्य रोगका कारण पनि पश्चिम कर्णलीमा सयौको सफ्ख्यामा मृत्युवरण गरेका घटनालाइ हेरे पुग्छ । त्यस्ता संबेदनशील घटनालाइ राज्यले नीती निर्माण गर्दाको बखत प्राथमिकतामा लिने की नलिने त यि र यस्तै मार्मिक घटनालाइ ध्यानार्कषण गदै राज्यले आफनो नीति तय गरेमात्र नयाँ समुन्नत नेपाल संभव छ । बिकास निर्माण राज्यको पुर्नसंरचना भनेको हावामा बेलुन उडाउनु जस्तो अबश्य हैन । आखीर गरिबीले यो वा त्यो प्रकारले धनीबर्ग्रलाइ नै बेफाइदा पुत्याएको हुन्छ । त्यसको ज्वलन्त उदाहरण हालको चन्दा आतङ्घक र महंगीको परिबेशलाइ लिदाँ हुन्छ ।
छिमेकी चिन जापानलाइ समेत उछिनेर दोश्रो आर्थिक महाशक्ति राष्ट बन्ने क्रममा छ । भारत पनि चिनकै गतिमा आर्थिक सम्बृद्धि हासिल गर्दैछ । हेपेर भन्नेा गरेको बिहारकै पनि आर्थिक बृद्धिदर ११ प्रतिशत पुगेको छ । त्यसको पछाडी के छन त हामिले त्यसको मनन गर्नुपर्छ । भारत र चिन जस्ता नवधनाढ्य मुलुकहरुले हामिलाइ सिकाएको पाठ भनेको देशका अधिकतम साधनसो्रतको उचित उपयोग गर्नु र त्यसबाट लाभ लिनु हो । बिदेशमा दक्षयुवाशक्तिको श्रम बेचेर उनीहरुले आफनो फाइदाबाट छुटटाएर दिएको न्युन पुजीले देशले कहिल्लै लक्षित उदेश्य हासिल गर्न सक्दैन भन्ने हो । श्रम बेचेरै मात्र कुनै पनि देश सम्बृद्ध भएको उदाहरण दुनियामा छैन । तस्रथ नेपालको समुचित बिकास पुजी र श्रमका अनन्य सो्रत धनि र गरिवबिचको सम्बन्धलाइ एकैसाथ उभ्याउने गरी योजनाबद्ध रुपले अघाडी बढे मात्र सम्भब छ । किनकी बिकासको प्रतिफल पुजी र श्रमको उचित प्रयोगले मात्र निर्धारण गर्छ । हामीले बिगतमा पुजीवादी खुल्ला बजार अर्थतन्त्रको अभ्यास गर्रौ । त्यतिबेला निम्न स्तरीय जनतासँग राज्यले आफनो दायित्व चुकायो । जस्लेगर्दा धनि झन बढी धनी र गरिव झनै गरिव बन्दै गए । अहिले पनि गरिव जनताका पिडा नबुझनेहरु पुजीवादी खुल्ला अर्थतन्त्र कै पक्षमा वकालत गदैछन । तर त्यसले बिगत लामो द्धन्दबाट शान्ति र सम्बृद्धि तिर लम्कन चाहेको देशको दिर्घकालिन बिकासमा टेवा पुत्याउदैन । निश्चित छ यहाँ कुनै दुनियाँको उदाहरण पेश गरेर पुजीबादी वा मिश्रित अर्थतन्त्र लागु गरेपनि समस्या ज्यँका त्ँयू रहन्छ । सामान्य ःत बिकासको पुर्बाधार समेत खडा नभएको र एउटा बर्गको जिबनस्तर साहै्र नै दयनीय भएको हुदाँ गरिवमुखी नीतिको खाँचो छ । धनि र गरिब बिचको दुरसम्बन्धलाइ समान बनाँउन गरिवमुखी अर्थनीति तय गर्ने आयोजनात्मक बिकासलाइ गति दिने र लगानीमैत्री वातावरणको निर्माण गर्दै अघी बढने हो भने देशको आर्थिक बिकास संभव छ । हाल देखिएका अर्थतन्त्रका तमाम खाले समस्या एबं जटिलता सामाधान हुनेछ । डा बावुराम भट्टराइले भनेजस्तो २० बर्षमै मुलुकलाइ स्वीजरल्यान्ड जस्तै जस्तै बनाउन सकिन्छ । त्यतिखेर दक्षयुवा शक्ति पनि आफनै मुलुक निर्माणमा लाग्ने छन । रपाँचै ँज”लाइ देशको हितमा ल्याउन सकिन्छ । तर सत्तामा नरहँदा गरिव जनताको पक्षमा देशको आर्थिक निति तय गछौ भन्ने तर सक्तामा पुगेपछि सिमित पुजीपति बर्गका मानिसहरुकै भाषामा पुजीबादको जयनाम जप्ने हो भने आमुल परिर्बतनको अ समेत संम्भब छैन । चिनले तिब्बतको र भारतले बिहारको गरिव जनतालाइ मध्यनजर गरेर बिकास कार्यक्रमलाइ अघि बढाएजस्तो नेपालले पनि दुर्गम गाँउ बस्तिमा बस्ने गरिव जनताको हितमा बिकास कार्यक्रम ल्याउनु पर्छ । गाँउमा जनता भोका नाङ्गा रोगी अशिक्षित र घरबार विहीन छन । सडक पुल पुलेसा धारा बिधुतको अभाबमा छिटपिटाहट छन । यदि राज्यले आफनो आर्थिक निति तय गर्दा यि निम्छरा जनताको रोधनलाइ सम्बोधन गर्दैन भने समुन्नत नेपालको कल्पना समेत गर्न सकिन्न ।
अर्थमन्त्रीको नयाँ सोच र नयाँ नेपालको मार्गचित्र
नेपाली कम्युनिस्ट आन्दोलनकै प्रचण्ड बौद्धिक व्यक्तित्व एवम् वर्तमान गणतान्त्रिक नयाँ नेपालको माननीय अर्थमन्त्री डा.बाबुराम भट्टराई यतिबेला समग्र परिवर्तन देख्न चाहने जनताको आखाँको तारो बन्दै हुनुहुन्छ । बौद्धिकता क्षमतालाई माटोले मागेको परिवर्तनसँग जोड्नका निम्ति आफ्नो तेज शैक्षिक बायोडाटालाई पैसासँग तुलना नगरी निरन्तर मुक्तिकामी, शोषित, उत्पीडित जनताका पक्षमा उभिएर जीवनमरणको जनयुद्ध, जनआन्दोलनबाट मानवीय क्षतविक्षतकारी बर्बर दमनको निरङ्कुशता अन्त्य गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने महान् व्यक्तित्व पनि हुनुहुन्छ । हुन त उहाँ त्यति सारो प्रशङ्सा चाहने व्यक्ति हुनुहुन्न तर विगत लामो समयसम्म चलेको अलोकतान्त्रिक, सामन्तवादी गतिविधिलाई अन्त्य गर्ने र जनताले चाहेको दिशातिर मुलुकलाई अगाडि बढाउन उहाँले गरेको त्याग, तपस्या र बलिदानले जोकोहीलाई पनि गम्भीर बनाएको पाइन्छ । त्यसैले पनि प्रशङ्सा त हुने नै भयो । अध्ययनशील, मिहेनती एवम् लगनशीलताका प्रतीक डा.बाबुराम भट्टराईको परिचय वास्तवमै कसैका लागि नौलो नहुन सक्छ । विद्यार्थी जीवनमै ऐतिहासिक बनाउन सफल व्यक्तित्व उहाँ किन र केका लागि राजनीतिमा लाग्नुभयो भन्ने विषय हिजोको दिनहरूमा चासोपूर्वक हेरिन्थ्यो भने आज उहाँको नयाँ नेपालको निर्माणको मार्गचित्र हेर्ने अत्यन्तै उत्सुकतापूर्वक जनता लागिरहेका छन् ।
वास्तवमै गणतन्त्र नेपाल घोषणा भएपश्चात् गठन भएको यस नवसरकारका प्रतिनिधिहरूमध्ये उहाँको गतिविधि फरक पनि छ । खर्चकै हिसाबले पनि घाटी हेरि हाड निलौं भन्ने विचारमा सहमत भएरै आवश्यकताभन्दा कत्ति पनि खर्च गर्न नचाहने, आफ्नो जिम्मेवारीलाई सही ढङ्गबाट अघि बढाउने व्यक्तित्व पनि हुनुहुन्छ । आफ्नो जिम्मेवारीको मन्त्रालयलाई विकास गर्ने र आफूले व्यक्त गरेका प्रतिबद्धता सफलतापूर्वक सम्पन्न गर्न उहाँ यतिबेला इन्टरनेटको सानो स्त्रिmनमा समेत जनताका सुझाव सुन्न भ्याउनुहुन्छ । त्यति मात्र होइन, नसुतेरै भए पनि आफ्नो अध्ययनशीलताप्रतिको पे्रमभाव जगाउनुहुन्छ । कम्तीमा पनि चार-पाँच घण्टा आफ्नो कार्यव्यस्ततालाई मिलाएरै पढ्नुहुन्छ । परिवर्तनको पर्खाइमा पर्खीबसेका महान् नेपाली जनताको जीवनस्तरको विकासको खातिर डा.बाबुरामहरू लागिपर्नुले नयाँ नेपाल साँच्चै नयाँ र आधुनिक हुनेमा निश्चित छ । त्यसका निम्ति अझै पनि प्रतिगामी प्रतिक्रियावादी तत्त्वहरूसँग राष्ट्रपे्रमी नागरिकहरू नै जुध्नुपर्ने देखिन्छ । भर्खरै उहाँले ल्याउनुभएको युवा स्वरोजगार नीति युवा बेरोजगारी समाधान गर्न दरिलो माध्यम बन्न सक्छ । लामो समयसम्म चलेको अस्तव्यस्त परिवेशबाट जन्माएको युवा बेरोजगारीको लोडलाई यसले पूर्ण निराकरण त गर्न नसक्ला तर यस्ता योजनाले सिर्जनशील युवाहरूप्रति ढाडस प्रदान भने अवश्य गर्छ । नयाँ नेपालको रूपान्तरणका क्रममा डा.बाबुराम भट्टराईले ऐतिहासिक राजस्व सङ्कलन गर्नु र युवा स्वरोजगारजस्ता आफ्नै मुलुकमा देशको मजबुत शक्ति युवालाई ससम्मान केही गर्न सक्ने महान् अवसर प्रदान गर्न सक्नु मनोवैज्ञानिक एवम् वैज्ञानिक दृष्टिकोण अत्यन्त जायज छ । यस्ता नीति तथा कार्यक्रमले देशका बहुसङ्ख्यक युवाजगत्को आत्मनिर्भरता र स्वाभिमान जगाउनेमा पनि दुईमत नहोला । वास्तवमै वैदेशिक रोजगारीका लागि देश छोड्ने प्रवृत्तिले ऊर्जाशील, बौद्धिक युवाजगत्को जोसिलो रगत विदेशी माटोको दुरुपयोग हुन पुगेको छ । विदेशीहरूले नेपाली युवाहरूको श्रमशोषण गरिरहेका बेला, आर्थिक मन्दीले च्यापिरहेको बेला ल्याइएको यस्ता योजनाहरू अत्यन्तै सान्दर्भिक छन् ।
अब नेपाली जनताले स्वदेशमै आफ्नो पाखुरा बजार्नुपर्छ । त्यसैले पनि हालै ल्याइएको युवा स्वरोजगारी नीति वैज्ञानिक छ, माटो सुहाउँदो छ । यस्ता कार्यक्रममा सही रूपले सम्पन्न गर्न युवा जागरुक हुनुपर्ने बेला आएको छ । विगतका कुनै पनि सरकारले नगरेका/नल्याएका कार्यक्रम भएकाले यसको सफलतामा जनविस्तार पनि छ । परिवर्तन कसैले पनि देखेको हुँदैन तर उचित योजना, क्षमता लगावले इच्छाइएको परिवर्तन आफ्नै अगाडि देखिन्छ, भोगिन्छ मात्रै । त्यसैले साना बालुवाका कणहरू मिलेर बनेको बालुवाको थुप्रोजस्तै युवा स्वरोजगारको साना कार्यक्रमले भोलि ठूला योजना र आत्मविश्वास निर्माण गर्नेमा शङ्का गर्न मिल्दैन । वास्तवमै केही गर्न चाहिएन भने हातमा करोडौं भए पनि त्यो अल्पकालीन मोजमस्तीमा मात्रै सीमित हुनसक्छ । तर केही गर्न चाहियो भने हातमा १-२ लाख छ भने पनि त्यो काफी हुन्छ, त्यसले परिवर्तनको दिशामा उचित ढङ्गले अघि बढ्ने जो कोहीलाई पनि सफल बनाउँछ नै । जुनसुकै प्रगतिवादी कदम इच्छाशक्तिमै भरपर्छ । हामीलाई थाहै छ, अघिल्ला पुस्ताका हाम्रा पूर्वजहरू शिक्षादीक्षाको नाउँमा शून्य भए पनि गणितमा कसरी सचेत भए त पैसाको जोडघटाउमा किन दख्खल छ त ? त्यो सबै इच्छाशक्तिले हो । त्यसैले परिवर्तनकारी दिशातिर उन्मुख हुन एवम् सफलता पाउन इच्छाशक्ति नै बलियो हुनु जरुरी छ । त्यसैले वर्तमान नेपालको वैज्ञानिक तौरतरिकाबाट रूपान्तरणको थालनी गर्नुहुने डा.बाबुराम भट्टराईलाई यतिबेला सबै सङ्घ तथा संस्था आवद्ध भएका युवा शक्तिको साथसहयोगको आवश्यकता छ ।
नयाँ नेपालको थालनीका क्रममा होनहार शक्ति मानिने युवाजगत्लाई लक्षित गरेर ल्याएको युवा स्वरोजगार कार्यक्रम नयाँ नेपाल निर्माणको झुल्किदो मार्गचित्र हो । यसले वैज्ञानिक फड्को मार्नु जरुरी छ । यसका सम्भावनाहरू पनि निकै बलिया देखिन्छन् । आर्थिक सम्पन्नताले नै कुनै पनि देशको परिवर्तनको इच्छाशक्तिलाई पूरा गर्न सक्छ त्यो राजनीतिक सांस्कृतिक शैक्षिक एवम् विकास निर्माणकै दृष्टिकोणमा किन नहोस् । त्यसो हुँदा अब देशमा यस्ता बहुआयामिक नीतिहरू क्रमशः अल्पकालीन, दीर्घकालीन गर्दै ल्याउनुपर्छ । रोजगारीपूर्ण वातावरण केही गर्न सकरारकाले नै गरेको सहयोगी वातावरणले देशमा व्याप्त हिंसा, हत्या र अराजकतालाई समूल अन्त्य गर्न मद्दत पुर्याउँछ । सभ्य र अनुशासित वातावरणको विकासमा पनि यस्ता कार्यक्रमहरूको प्रभावले महत्त्वपूर्ण भूमिका खेल्छ । दशकभरमै देशले अर्काे फड्को मार्ने यस्ता योजनाको विकासले मद्दत पुर्याउँछ । डा.बाबुराम भट्टराईहरूले ल्याउनुभएको यस सयमसापेक्षित नीति तथा कार्यक्रमहरूको ठीक ढङ्गले विकास गर्दै लैजानुपर्ने छ र यस्तो नीति तथा कार्यक्रमले अग्रगामी जनताका परिवर्तनकारी इच्छालाई धेरै हदसम्म राहत पुर्याउँछ । यसको पूर्ण रूपमा कार्यान्वयन गर्दै थप यस्तै वैज्ञानिक सोचसहितका कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकता धेरै छ । जनताले निश्चय पनि यस्ता नीति तथा कार्यक्रमहरूप्रति सधैं पूर्ण समर्थन जनतन छन् । युवा विद्यार्थी एवम् समग्र बेरोजगारहरूले यसको उपयुक्त ढङ्गबाट आफ्नो सीप र क्षमताको प्रयोग गरी अघि बढ्नुपर्नेछ । नयाँ नेपालको मानचित्रमा हुर्कंदै गएको यस प्रगतिवादी पहलकदमीले साँच्चै नै छुट्टै महत्त्व राख्छ । लामो समयदेखि भताभुङ्ग र लथालिङ भएको पुरानो संरचनाको ध्वस्त गर्दै पुरानो विचारको अन्त्य गर्दै नयाँ सोच विचारका साथ पुनर्संरचनामा लाग्न कस्सिएका डा.बाबुरामहरूलाई हामी आमनागरिक विद्यार्थी, युवा, पत्रकार, बुद्धिजीवीले सकारात्मक रूपले आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्ने जरुरी छ । अनि मात्र सम्भव हुन्छ नयाँ नेपाल ।
१२ फागुन २०६५
जनदिशा दैनिक
You can vist this article at Baburam bhattrai's B click here




