Wednesday, July 25, 2012
0
Wednesday, July 25, 2012
Risap Gautam
बदलिँदो विश्व परिवेश र आर्थिक कूटनीति
(रिसव गौतम)
विश्वव्यापीकरण र भूमण्डलीकरणले आजको विश्व व्यापक प्रतिस्पर्धी बनेको छ। विशेषत- इ–मेल, इन्टरनेटलगायतका सञ्चारका चुस्त सञ्जालको सघन उपस्थिति र तीव्र व्यापकताले संसारलाई एउटा सानो गाउँको रुपमा दर्ज गरिदिएको छ। हरेक विषयहरू अन्तत- आर्थिक रुपमै निर्भर रहने आजको विश्वमा विश्वव्यापीकरणका यिनै उपकरणहरूकै कारण विज्ञान, अर्थतन्त्र, राजनीति, संस्कृतिलगायतका यावत् विधाहरूमा प्रतिस्पर्धा चुलिँदै गएको छ। विश्व मानचित्रमा ०.०३...
Read more...
Tuesday, June 12, 2012
0
Tuesday, June 12, 2012
Risap Gautam
आगामी निर्वाचन र आर्थिक मुद्दा
रिसव गौतम
संविधानसभामार्फत संविधान निर्माण गर्ने र नयाँ नेपाल निर्माणमा देशलाई अग्रसर गराउने अन्तरिम संविधान ०६३ को उद्देश्य पूरा नभएपछि देश फेरि संक्रमणकालको भड्खालोमा जाकिएको छ । यतिवेला राष्ट्रिय-अन्तर्राष्ट्रिय लगानीकर्ता र व्यवसायी चिन्तित बनेका छन् । सरकारको वैधतामाथि विवाद सुरु भएकाले सरकारबाट जारी हुनैपर्ने वाषिर्क बजेटबारे पनि चर्को विवाद पर्ने संकेत देखिएको छ ।
संविधान निर्माण भई जोखिमको सम्भावना घट्ने र लगानीमैत्री...
Read more...
Tuesday, May 8, 2012
0
Tuesday, May 8, 2012
Risap Gautam
परनिर्भर अर्थतन्त्रमा विकल्पको खाँचो
(रिसव गौतम),
भारतले गत मार्चमा आर्थिक वर्ष २०१२।१३ को बजेट सार्वजनिक गर्दै नेपाललाई अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत सहयोग बढाएको सार्वजनिक गरेको थियो।
भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले सार्वजनिक गरेको बजेटअनुसार नेपाललाई दुई अर्ब ७० करोड भारतीय रुपियाँ छुट्याइएको छ। त्यसै गरी छिमेकी भुटानलाई सबैभन्दा बढी १ खर्ब २ अर्ब भारु अनुदान अफगानिस्तान श्रीलंका बंगलादेश माल्दिभ्ससम्मलाई उसले धेरथोर रकम छुट्याएको छ। यसले विश्वको चौथो...
Read more...
0
विश्व अर्थतन्त्रमा नेतृत्व प्रतिस्पर्धा
रिसव गौतम
आधुनिक अर्थशास्त्रका पिता किन्सले आफ्नो पुस्तक ‘दि जेनेरल थ्यौरी अफ इम्प्लोइमेन्ट मनी एन्ड इन्ट्रेस्ट’ मा बचत र लगानी सम्बन्धमा संसारका अरू अर्थशास्त्रीका भन्दा भिन्न मत दायर गरेका थिए । उनले सन् १९३६ मा शास्त्रीय अर्थशास्त्रीहरूको भन्दा भिन्न मत प्रकट गर्दै आफ्नो पुस्तक प्रकाशमा ल्याएका थिए । बचत र लगानीसम्बन्धमा किन्सले भनेका छन्, बचत व्यक्तिका लागि राम्रो भए पनि समाजका...
Read more...
Tuesday, April 10, 2012
0
Tuesday, April 10, 2012
Risap Gautam
वायुसेवा निगमको पुनर्संरचना
रिसब गौतमतत्कालीन अवस्थामा शाही नेपाल वायुसेवा निगमका नामबाट १ जुलाई १९५८ देखि उडान सेवा सुरु गरेको नेपाल वायुसेवा निगम (नेवानि) यतिबेला सर्वाधिक संक्रमणबाट गुज्रिरहेको छ । राज्य स्वामित्वकोे एकमात्र ध्वजावाहक हवाई सेवाका रूपमा परिचित यो वायुसेवा कम्पनी यतिखेर विमान अभावमा डाइनोसरझैं लोपमार्गमा अघि बढिरहेको छ । विगतमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूसम्म उडान भरी राष्ट्रिय गौरव कायम गर्दै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा...
Read more...
Monday, April 2, 2012
0
Monday, April 2, 2012
Risap Gautam
प्रतिष्पर्धी विश्वमा व्यवस्थापकीय कौशल अपरिहार्य
(रिसव गौतम), मूलतः व्यावसायिक फाँटमा देखिएको चौतर्फी प्रतिस्पर्धाले आज विश्वका देशहरुबीच चरम विभाजन शक्ति सन्तुलनको अवस्था देखा पर्दै छ। विश्वका देशहरुमध्ये जो जसले व्यावसायिक रुपमा रणनीतिक प्रतिस्पर्धा अंगीकार गरी सफलता हात पार्न सकेका छन् तिनीहरु नै समग्र आर्थिक राजनीतिक तथा शक्ति संचयको हिसाबले मजबुद बन्दै पनि छन्। आर्थिक रुपमा सुदृढ राष्ट्र र तिनका जनता नै आज सबैभन्दा खुसी र सन्तुष्ट देखिँदै छन्। राजनीतिक साँस्कृतिक र आर्थिक...
Read more...
Thursday, March 1, 2012
0
Thursday, March 1, 2012
Risap Gautam
विकास र रोजगारीमा पुँजीगत खर्च व्यवस्थापन
रिसव गौतमविकासको रफ्तार कस्तो छ भन्ने केही दिनअघि अर्थमन्त्रालयले सार्वजनिक गरेको पुँजीगत खर्चको अनुपातले बताउँछ । अर्थमन्त्रालयले चालू आर्थिक वर्षको समीक्षा अवधिसम्ममा पँुजीगत खर्च जम्मा १३.३७ प्रतिशत देखाएको छ । तर चालू खर्च र वित्तीय व्यवस्थापनतर्फ क्रमश ३३.६७ र २६.११ प्रतिशत रहेको देखिन्छ । हुन त विगतका आर्थिक वर्षहरूमा पनि पँुजीगत खर्च पहिलो ६ महिनामा २०६५/०६६मा ८.२३ प्रतिशत, २०६६/०६७मा ९.१६ प्रतिशत र २०६७/०६८मा ६.२२ रहेको...
Read more...
Monday, February 27, 2012
0
Monday, February 27, 2012
Risap Gautam
समयसापेक्ष बन्न नसक्दा आर्थिक स्थिति अझ ओरालोतिर
(रिसव गौतम), आर्थिक रुपमा विश्व समुदायका राष्ट्रहरु तीव्र एकअर्कामा अन्तरनिर्भर बन्दै जाँदा नेपाल पनि अलग रहेर बस्ने अवस्था हुँदैन। सूचना र साचार क्षेत्रमा आएको बहुआयामिक भूमण्डलीकरणका कारण विश्व समुदाय आज एकअर्कामा नजिक र प्रत्येक सरोकारको उर्वर भूमि बन्दै गएको छ।हिजो संसारका देशहरुबीच आपसी सम्बन्ध र चासो फरक भौगोलिक अवस्था र साचारको विकासको अभावमा हुन नसकेको थियो भने आज त्यो अवस्था फेरिएर संसार नै एउटा गाउँ भैइसकेको छ। अझ विश्व...
Read more...
Subscribe to:
Posts (Atom)